सप्तरी, साउन २ । सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय कोरोना संक्रमितबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो।
गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय वृद्धको बिहीबार राति अन्दाजी १० बजेको समयमा मृत्यु भएको जनाइएको छ।
कोरोना संक्रमित व्यक्तिको बिहीबार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटारले जानकारी दिए।
प्रवक्ता डा.सापकोटाले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताए। मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ।
उनको शव अस्पतालमास्थित मर्चुरीमा राखिएको जनाएको छ।
यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठान जनाएको छ।
यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।


























