चितवन, साउन १ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९७ हजार २ सय ३५ पुगेको छ। यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ८६ हजार ८ सय ९० पुगेको छ।
हालसम्म ८१ लाख ५५ हजार ७ सय ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ४० हजार १ सय ४० जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ३६ लाख १६ हजार ७ सय ४७ पुगेको छ।
ब्राजिलमा अहिलेसम्म १९ लाख ७० हजार ९ सय ९ जना संक्रमित हुँदा ७५ हजार ५ सय २३ जनाको मृत्यु भएको छ। भारतमा ९ लाख ७० हजार १ सय ६९ संक्रमित हुँदा २४ हजार ९ सय २९ जनाको मृत्यु भएको छ। रुसमा ७ लाख ४६ हजार ३ सय ६९ संक्रमित हुँदा ११ हजार ७ सय ७० जनाको मृत्यु भएको छ। पेरुमा ३ लाख ३७ हजार ७ सय २४ जना संक्रमित तथा १२ हजार ४ सय १७ जनाको मृत्यु भएको छ।
चिलीमा ३ लाख २१ हजार २ सय ५ संक्रमित हुँदा ७ हजार १ सय ८६ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ३ लाख १७ हजार ६ सय ३५ जना संक्रमित हुँदा ३६ हजार ९ सय ६ को मृत्यु भएको छ। साउथ अफ्रिकामा ३ लाख ११ हजार ४९ जना संक्रमित रहँदा ४ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ। स्पेनमा संक्रमितको संख्या ३ लाख ४ हजार ५ सय ७४ पुगेको छ भने २८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ।
बेलायतमा हालसम्म ४५ हजार ५३ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार ९ सय ११ जना संक्रमित रहेका छन्। यता, इरानमा २ लाख ६४ हजार ५ सय ६१ जना संक्रमित हँदा १३ हजार ४ सय १० जनाको मृत्यु भएको छ। पाकिस्तानमा २ लाख ५५ हजार ७ सय ६९ संक्रमित हुँदा ५ हजार २ सय ८६ जनाको ज्यान गएको छ। इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ५ सय ६ पुग्दा ३४ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ।
साउदी अरबमा २ लाख ४० हजार ४ सय ७४ हजार संक्रमित हुँदा २ हजार ३ सय २५ जनाको मृत्यु भएको छ। टर्कीमा २ लाख १५ हजार ९ सय ४० संक्रमित हुँदा ५ हजार ४ सय १९ को ज्यान गएको छ। जर्मनीमा २ लाख १ हजार ३ सय ५२ जना संक्रमित हुँदा ९ हजार १ सय ४८ जनाको मृत्यु भएको छ। बंगलादेशमा हालसम्म १ लाख ९३ हजार ५ सय ९० संक्रमित हुँदा २ हजार ४ सय ५७ को मृत्यु भएको छ। फ्रान्समा संक्रमित १ लाख ७३ हजार ३ सय ७७ हुँदा ३० हजार १ सय २० जनाको मृत्यु भएको छ।
नेपालमा भने अहिलेसम्म १७ हजार १ सय ७७ जना संक्रमति फेला पर्दा ११ हजार २५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। ३९ जनाको भने मृत्यु भएको छ।


























