चितवन, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेकपा फुटको अवस्थामा नरहेको बताएका छन्। आइतबार चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
“मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हो ,” उनले भने, “स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएकै हो। अहिले पार्टीमा कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भनेर देखाउन खोजिएको छ, यहाँ कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भन्ने छैन। मिलेरै नक्सा बनाएको हो। मिलेरै काम गरेको हो। सरकारलाई सबैले धन्यवाद दिएकै छन्। अहिल पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? विभाजन हुन दिइने छैन।”
Facebook Comments


























