चितवन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)बाट डाक्टरसहित चारजना पक्राउ परेका छन्। अवैधरुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्राडा राकेश बर्मा, प्राडा बालकृष्ण कालाखेती, डा किरण अधिकारी र डा सुप्रभात श्रेष्ठ छन्। डा सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन्।
यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन्। कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो। भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए। त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो। अनलाइन खबरमा समाचार प्रकाशित छ।

























