चितवन, असार २४ । चितवनमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणका क्रममा भरतपुरका ३ जना, कालिका नगरपालिकाका १ जना र गैंडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रमुख डा.नीतु अधिकारीले दिएको जानकारीअनुसार भरतपुर–१७ र १८ का ३०, ३२ र ५५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै क्वारेन्टिनमा रहेका छन्।
जुटपानी अस्पतालमा स्वाब नमूना लिइएका ३८ वर्षीय पुरुषमा कोरोना देखिएको छ। त्यस्तै गैंडाकोटको क्वारेन्टिनमा रहेका ३१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। आज उक्त प्रयोगशालामा २५५ नमूना परीक्षण गरिएका थिए।

Facebook Comments


























