चितवन । गत जेठ २९ गते नै मृत्यु भएको भनिएका भरतपुर २२ पटिहानीका आषिश विक निको भएर मंगलबार घर गएका छन्। भित्र उपचार हुँदै गर्दाको अवस्थामा बाहिर मृत्यु भएको भनी हल्ला फैलाएको व्यक्तिलाई उपचारपछि घर पठाउन पाएको भन्दै चितवन मेडिकल कलेजले खुसी व्यक्त गरेको छ। ‘चितवन मेडिकल कलेजको अथक प्रयासमा बिरामी आषिश विकलाई उपचारपछि घर पठाउन पाउँदा हामी ज्यादै खुसी भएका छौँ,’ मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।
ज्वरो आउने, पेट दुख्नेजस्ता समस्या भएपछि वर्ष १८ का विकलाई जेठ २७ गते चितवन मेडिकल कलेज (सिएमसी)मा उपचारको लागि भर्ना गरिएको थियो। ‘सेप्टिसेमिया’ भई भर्ना भएका उनलाई शल्यक्रिया गर्नुपर्ने भएपछि आफन्तको लिखित स्वीकृतमा अप्रेशन गर्दा संक्रमण भएर कुहिने समस्या भएका कारण अप्रेशन गरेकै भोलिपल्ट पनि ज्वरो आइरहेको र युएसजी गर्दा पेटको भित्री भागमा रगत जमेको र संक्रमण भएको देखिएपछि जेठ २९ गते पुनः अप्रेशन गरिएको थियो।
पेटमा रगत जमेकोले पेट खोलेर सफा गर्ने गरी भेन्टिलेटरसहितको आइसियूमा राखेर उपचार भइरहेकै अवस्थामा जेठ २९ गते दिउँसो करिब ३ बजेको समयमा केही उच्छृङ्खल मानिसहरुको जमातले बिरामीको मृत्यु भएको भनी अफवाह फैलाएर अस्पतालमा होहल्ला र तोडफोड गरेको अस्पतालले जनाएको छ। विज्ञप्ती हेर्नुहाेस्ः



























