काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ।
अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ। एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ। अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ।’
नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन्। तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन्।
Facebook Comments


























