काठमाडौं, असार १७ । नेपालमा बुधबार थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
डा.गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६५६ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।
Facebook Comments


























