चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार परीक्षण गरेका १०१ वटा नमुनामध्ये चितवनका १३ सहित २५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाभित्रका छन्। भरतपुर अस्पतालले जनाएअनुसार भरतपुर महानगरपालिका वडा नं. ७ बस्ने वर्ष २६, वर्ष १२ र वर्ष ६१ का दुईजना, वडा नं. २२ बस्ने वर्ष ५० का एकजना, वडा नं. ११ बस्ने वर्ष ४५ की एकजना, वडा नं. ९, ४, २२, २५, र २६ बस्ने वर्ष क्रमशः ४८, ४०, २१, २५, २६ र २२ का मानिसहरुमा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरूमध्ये भरतपुर ७ का ६१ वर्षका पुरूष र वर्ष १२ की बालिका भने नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन्। संक्रमितमध्ये दुईजना मात्रै महिला छन्। यस्तै भरतपुर अस्पतालमा रहेका माडी नगरपालिका ५ र ३ का वर्ष २५ र ७३ का दुईजना पुरूषमा पनि संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
छिमेकी जिल्ला नवलपुर, गैँडाकोटका दुईमहिलासहित १० जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। यस्तै दमक ३ झापा बस्ने वर्ष ३५ की एक महिला र भरतपुर सेन्ट्रल अस्पतालमा उपचाररत गोरखा मनकामनाकी ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए।


























