काठमाडौं, असार १६ । लकडाउनका कारण आफूहरु मारमा परेको भन्दै ट्याक्सी चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
बैंकको किस्ता तिर्न नसकेको, भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै चालकहरु प्रदर्शनमा उत्रिएका हुन।
प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न स्थानबाट तीनसय बढी ट्याक्सी नियन्त्रणमा लिइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रदर्शन भन्दा पनि लकडाउन उलंघन गदै ट्याक्सीहरु सडकमा गुडाएको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साँझसम्म ति ट्याक्सी छाडिने बताइएको छ। ट्याक्सी व्यवसायीहरुले भने आफूहरुलाई प्रहरीले दमन गरेको बताएका छन्।
लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका हुन।


























