चितवन, असार १५ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालले आइतवार गरेको ५३५ नमुना परीक्षणमध्ये २९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाएको हो।
कोरोना पुष्टि भएकामा अर्घाखाँचीका ११ जना पुरुष, खैरहनी नगरापालिकाका दुई जना महिला, भरतपुर महानगरपालिका वडा १५, कैलालीका ३५ वर्षे एक जना पुरुष र १६ का दुई जना पुरुष र पाल्पाका १३ जना पुरुष रहेका छन्।
Facebook Comments


























