असार १३ । असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो। यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ।
नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो। मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको भिटामिन पाइन्छ।
मकैको सेवनले कोलेस्ट्रोलाई नियन्त्रण गर्दछ। मकै खाँदा तौल पनि नियन्त्रण हुन्छ। मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ। यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ।
यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ। यसका अलावा मकै सेवनबाट निम्न फाइदा पाउन सकिन्छ।
१) मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम गर्दछ।
२) मकैको सेवनबाट फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ।
३) मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार घटाँउछ।
४) मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउँछ।
५) मकैको सेवनले बाथ रोगको सम्भावना कम गर्दछ।
६) मकैमा हुने भिटामिन ए र सीले छालालाई चम्किलो बनाउँछ।
७) मकैको सेवनले अनुहारमा आउने चाउरीपनाबाट समेत बचाँउछ।
८) मकैमा हुने बिटा–क्यारोटिन, भिटामिन एले आँखाको ज्योती बढाउँछ।
९) मकैको सेवनले बढ्दो उमेरमा हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ।
१०) मकैमा हुने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा थप्दछ।
























