चितवन, असार १२ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। उनी कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ। उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए।
यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ।
चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
चितवनकै रत्ननगर नगरपालिका–४ की २७ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ।
पछिल्लोपटक परीक्षण गरिएका २१४ वटा नमुनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ र १८० जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।


























