चितवन । भरतपुर अस्पतालमा उपचाररत २२ जना कोरोना संक्रमितलाई मंगलबार घर पठाइएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएर विभिन्न मितिमा भरतपुर अस्पताल भर्ना भएका माडी नगरपालिकाका ६ जना, कालिका नगरपालिकाका १ जना, भरतपुर महानगरपालिकाका ११ जना, कपिलवस्तुका १ जना, नवलपरासीका १ जना र नवलपुरका २ जना गरी २२ जनालाई आवश्यक प्रकृया पुयाएर डिस्चार्ज गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु स्थानीय सरकारको रोहवरमा १४ दिन क्वारेन्टाइनमा बस्नेछन्। सोही आधरमा मंगलबार सम्बन्धित निकायका स्थानीय सरकार प्रमुख, जनप्रतिनिधि, स्वास्थ्य संयोजक तथा आफन्तहरुको जिम्मा लगाएर घर पठाइएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए।

तस्बिरहरुः भरतपुर अस्पताल
Facebook Comments


























