काठमाडौं, असार ५ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट (सुस्ता पूर्ब) २ र स्याङ्जामा २ गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरूमध्ये ४ जना महिला र २० जना पुरूष छन्। संक्रमित हुनेहरूमा नवलपरासी बर्दघाट (सुस्ता पूर्ब) विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ। गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ।
कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन्। पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन्। त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ। यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ।
स्याङ्जाका २ जनामा कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय एक जना पुरुष हुन् भने अर्का ६३ वर्षीय पुरुषको ठेगाना खुल्न नसकेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।



























