चितवन, असार ३ । भरतपुरको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। प्रयोगशालामा असार २ गते गरिएको ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो।
संक्रमित सबै जना अर्घाखाँची जिल्लाका रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार अर्घाखाँची भुमिका स्थानका १८ र २७ बर्षीय युवक तथा अर्घाखाँचीकै मालारानीका १९ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार २५५ जनाको पिसिआर गरिएकोमध्ये २५२ जनाको नतिजा नेगेटिभ आएको छ।
Facebook Comments


























