काठमाडौं, असार २ । मंगलबार थप १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
यीमध्ये ८ जना महिला हुन् भने १ सय ९ जना पुरुष छन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।
नेपालमा सोमबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























