काठमाडौं, असार १ । गृह मन्त्रालयले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते ६ जनाको ज्यानजाने गरि भएको घटनामा स्थानीयले प्रहरीलाई गुमराहमा पारेको र घटनाका बेला अर्कैतिर पठाएको भन्दै विज्ञप्ती निकालेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा पेश गरेको भोलीपल्ट गृह मन्त्रात्रलयले विज्ञप्ती निकालेको छ। घटनामा मृतक नवराज विककी प्रेमिका भनिएका युवती र उसका बुबाआमा र दाजुसहितलाई प्रतिवादी बनाइएको छ।

डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद भल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, विराज पुनमगर,डम्बर बहादुर मल्ल, सबिन पुन, रमित पुनमगर, नविनकुमार जीएम, धनाराज राना, दीपेन्द्र चन्द, भीमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ। २ नाबालकसहित पाँच जनाको नाम भने गोप्य राखिएको छ।



























