काठमाडौं, जेष्ठ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जना कोरोना संक्रमित भेटिएका छन्। जसमा २४७ पुरुष र ३६ जना महिला रहेका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष रहेका छन् भने ३ सय ८६ जना महिला रहेका छन्।
त्यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी थप दुई जनाको मृत्यु भएको हो।
Facebook Comments


























