काठमाडौं, जेष्ठ २७ । मन्त्रीपरिषद् बैठक बस्ने भएको छ।
मंगलवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल हुने स्रोतले जनाएको छ।
यसअघि गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गइरहेको छ। कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको छ ।
लकडाउन जारी गरेको लामो समय भएकाले मोडालिटी परिवर्तन गरि केही खुकुलो बनाउनेबारे छलफल हुनसक्ने स्रोतले जनाएको छ।
Facebook Comments


























