काठमाडौं, जेष्ठ २४ । स्वास्थ्य मन्त्रालयले शनिबार दुई जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको जानकारी दिएको छ।
डोल्पामा एक जना र अर्को एक जनाको कैलालीमा ज्यान गुमेको हो।
जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा ज्यान गुमेका ५१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी दमको रोगी थिए।
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ।
नेपालमा अहिलेसम्म ३ हजार २ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।
Facebook Comments


























