काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो समय १६६ जनामा कोरोना देखिएको हो।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ६७ जना पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २० जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन्।
नेपालमा कोरोना संक्रमणका कारण ७ जनाको भने मृत्यु भइसहेको छ।
Facebook Comments


























