काठमाडौं, जेष्ठ १६ । नेपालमा कोेरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ।
गत जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
भूमीका स्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षका पुरुषको गएराती मृत्यु भएको हो। भारतमा काम गर्दै आएका उनी गत जेठ १० गते नेपाल प्रवेश गरेपछि जठ १ गते उनको स्याम्पल परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
Facebook Comments


























