काठमाडौं, जेष्ठ १२ । नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैं, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कीटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगञ्ज र पशुपंक्षी राेग अन्वेशण प्रयाेगशाला सुर्खेतमा गरिएकाे परीक्षणबाट काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

Facebook Comments


























