चितवन, जेष्ठ ११ । चितवन जिल्ला अदालतले भिडियो कन्फ्रेन्सिङ सेवाको सुरुवात गरेको छ।
जिल्ला अदालत चितवनले आजबाट भिडियो कन्फ्रेन्सिङमार्फत् जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुको हिरासतमा रहेका थुनुवाहरुको म्यादथप र कलडिटेल अनुमती दिने कामको शुरुवात गरेको हो।
कन्फ्रेन्सिङको शुरुवात गर्दै अदालतका न्यायाधीश हेमन्त रावलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरूङसँग हिरासतमा रहेकाहरुको जानकारी लिएका हुन्।
त्यस्तै कारागार कार्यालय भरतपुर चितवनका कैदी बन्दीहरुसग पनि कारागारका बारेमा न्यायाधीश रावलले जानकारी लिएका छन्।
Facebook Comments


























