काठमाडौं, जेष्ठ १० । नेपालमा आज बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।
सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन्। त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन्।
रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक/एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments


























