काठमाडौ, जेष्ठ ९ । नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्।
संक्रमितहरु कैलालीका ३ पुरुष (९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु ९१८ देखि ६१ वर्ष० र मोरङका ४१ वर्षका पुरुष रहेका छन्।
यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् भने हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ।
Facebook Comments


























