काठमाडाैं । नेपालमा शुक्रबारसम्ममा पाेलिमेरस चेन रियक्सन (पिसिआर) र र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडिटी) विधिबाट एक लाख २४ हजार ६३३ वटा नमुना परीक्षण भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार हालसम्ममा ४२ हजार ५१७ वटा पिसिआर परीक्षण गर्दा ५०७ जनामा काेराेना संक्रमण देखिएकाे छ।
संक्रमितमध्ये तीनजनाकाे मृत्यु भएकाे छ भने ७० जना निकाे भएर घर फर्किएका छन्। यस्तै ८२ हजार ११६ जनाकाे भने आरडिटी विधिबाट नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। आरडिटी विधिबाट नमुना परीक्षण गर्दा काेराेनाकाे संक्रमण देखिएकाहरुलाई प्रमाणित गर्नकाे लागि भने पिसिआर विधिबाट पुनः परीक्षण गरिन्छ।
देशभरका विभिन्न जिल्लामा गरी २७ हजार ८२९ जना भने क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएकाे छ। अस्पतालले स्थापना गरेका आइसाेलेसनमा बसेकाहरुमा काेराेना संक्रमण पुष्टि हुनेकाे संख्या भने ४३४ जना छन्। हेर्नुहाेस् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकः





























