चितवन, बैशाख २८ । पूर्वी चितवनमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएकोछ।
घरायसी विवाद हुँदा गएराति पौँने १० बजे श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ।
Facebook Comments


























