चितवन, बैशाख २७ । इलाका प्रहरी कार्यालय टाँडीलाई लकडाउन प्रभावकारी बनाउन रत्ननगर नगरपालिकाले प्रदान गरेको गाडी अनुमती विना अन्य प्रयोजनमा प्रयोग भएको टाँडी प्रहरी प्रति असन्तुष्ठी जनाएको छ।
रत्ननगर क्षेत्रमा लकडाउन प्रभावकारी बनाउन भन्दै नगरपालिकाले टाँडी प्रहरीलाई बा १२ च २७१ नम्वरको गाडी दिएको थियो तर नगरपालिकाको अनुमती नलिई कार्य क्षेत्र भन्दा बाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग गरेको भन्दै नगरपालिकाले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रति असन्तुष्ठी जनाएको हो।
विषेश सुचनाका आधारमा गाँजा तस्कर हुन लागेको भन्दै जानकारी पाए पश्चात प्रहरीले नगरपालिकाले दिएको गाडी प्रयोग गरेर बरामद गरिएको गाँजा ल्याउँदै गर्दा गएराति राप्ती ५ चौकी टोलमा स्थानीयले तोडफोड गरेका थिए।
इलाका प्रहरी कार्यालय भण्डारासहितको नगरपालिकाले दिएको गाडी तोडफोड भएको घटना विभिन्न संचार माध्यमहरुमा आएपछि नगरपालिकाले विज्ञप्ती जारी गरेको हो।



























