काठमाडौं, बैशाख २२ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।
प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बैठमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने जानकारी दिए।
Facebook Comments


























