बैशाख १८ । बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ।
उनको कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। बिबिसी हिन्दीले कपुरको ६७ बर्षको उमेरमा निधन भएको जनाएको छ।
त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन्।
क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो. कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
Facebook Comments


























