चितवन, बैशाख १५ । कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार नाघेको छ।
नेपाली समय अनुसार सोमबार अपरान्ह साँढे ४ बजेसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित निको भएर घर फर्किनेको संख्या ८ लाख ८३ हजार २ सय ८० पुगेको छ।
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ।
संसारभर ३० लाख ६ हजार २ सय २३ जना मानिस संक्रमित भएका छन्। २ लाख ७ हजार २ सय ६५ जनाको मृत्यु भइसकेको छ।
Facebook Comments


























