काठमाडौं, बैशाख १३ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने भएको छ। आज सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय गरेको हो।
यसअघि सरकारले वैशाख १८ सम्म मात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।
लकडाउनको निरन्तरताबारे छलफल भए पनि यसको विषयमा भने समितीले केहि निर्णय गरेको छैन। भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको बारेमा निर्णय गर्ने बताइएको छ। सरकारले पछिल्लो पटक थपेको लकडाउन बैशाख १५ गते सम्म रहने छ।
Facebook Comments


























