बैशाख १३ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ। बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ।
मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो। खोटाङको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी उनी पछिल्लो समय धरान १७ मा बस्दै आएकी थिइन्।
कोरोना भाइरसकै संक्रमणले बेलायतको रेडिंगमा बस्दै आएका एक ६५ बर्षीय बृद्धको पनि मृत्यु भएको छ। झापाको खुदुनाबारी स्थायी घर भएका उनी सन् २००६ देखि बेलायतमा बस्दै आएका थिए।
यस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय अर्का नेपालीको पनि मृत्यु भएको छ। उनको स्थायी घर भैरहवा भएको बताइएको छ।
Facebook Comments






















