काठमाडौं, बैशाख ९ । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ। कोशी अञ्चल अस्पतालमा भएको परीक्षणमा ८ जनामा पोजेटिभ देखिएको हो। उनीहरुको स्वाब पुनः परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा थिए। संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो।
प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतले कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताएपछि धरानस्थित प्रतिष्ठानमा दोहोर्याएर परीक्षण गर्न लागिएको हो।
Facebook Comments


























