काठमाडौं, बैशाख ८ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन प्रचण्ड निवास पुगेका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आवस्यक परे पार्टी फुटाउन सकिने अध्यादेश जारी गरेको थियो। उक्त कुरामा असहमति जनाएका मन्त्री पुन बैठकलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीसहित बेग्लै बैठक बसेको छ।
पछिल्लो समय नेकपाभित्र आन्तरिक किचलो बढेको छ। प्रधानमन्त्री ओली आफुलाई सरकारबाट हटाउन सक्ने भन्दै यस्तो किसिमको कानून प्रावधान ल्याएको हुनसक्ने कतिपयको तर्क रहेको छ।
Facebook Comments


























