काठमाडौं, बैशाख ७ । विभिन्न विकसित राष्ट्रहरू पनि कोरोना भाईरसको महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ।
सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमशः सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ। पुष्टि भएका सङ्क्रमितमध्ये केही जना निको भइसकेका छन् भने अन्यलाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ।
सङ्क्रमण भएको आशङ्का भएका तर प्रयोगशालाबाट परीक्षणको परिणाम नआएका केही मानिसहरू पनि आइसोलेशनमा छन्।
नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टीनमा नराखेकाले नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का छ।
तर केही विज्ञहरू नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकैखाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशङ्का पुष्टि गर्न नसकिने तर्क गर्छन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरू बताउँछन्।
विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन्ः
१) परीक्षण नै नहुनु
२) नेपालीको जीवनशैली
३) नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुनु
४) बीसीजी खोपको प्रभाव
५) भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
बीबीसी


























