चितवन, बैशाख ७ । कोरोनाभाइरसले आइतबार बिहान ८ बजेसम्म समाचार तयार पार्दासम्म विश्वभर १ लाख ६० हजार बढीले ज्यान गुमाएका छन्।
आइतबार बिहानसम्म विश्वभर कोरोनाका कारण २३ लाख ३० हजार ९ सय ८७ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार ७ सय ५७ जनाले ज्यान गुमाएका छन्।
जसमध्ये ५ लाख ९६ हजार ६ सय ८७ जना निको भएका छन् भने १५ लाख ७३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररत ५५ हजार २६५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ३८ हजार बढी छ भने ३९ हजार बढीले ज्यान गुमाएका छन्।
Facebook Comments


























