काठमाडौं, बैशाख ५ । राजधानी काठमाडौलगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। विदेशबाट आएका ब्यक्ति र उनीको सम्पर्कमा आएका करिव २ लाखको कोरोना परीक्षण गर्ने निर्णय सरकारले गरिसकेको छ। तर कोरोना संक्रमणको परीक्षण भने घटदै जान थालेको छ।
कोरोना परीक्षणको भरपर्दा प्रविधि हो पिसिआर। पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परीक्षण घटदै गएको छ। र्यापिट डाइनेष्टीक टेष्टको दायरा बढाएपनि पिसिआर परीक्षण भने घटदै गएको छ। फागुन ३० गते ७४० जनाको पिसिआर परीक्षण गरिएको थियो। तर ४ चेतमा परीक्षणको संख्या घटेर ३६९ मा झरेको छ।
यतिबेला कोरोना संक्रमणको दू्रतगतिमा परीक्षण शुरु गर्नूपर्ने हो। तर परीक्षणको दायरा भने घट्दै जान थालेको छ। र्यापिट टेष्टको संख्या बढाएपनि त्यो भरपर्दो माध्यम होइन। भरपर्दो माध्यम भनेको पिसिआर नै हो। हालसम्म ७२४० जनाको मात्र पिसिआरबाट कोरोना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नमुना संकलन तथा परीक्षणको दायरा बढाउँदै जाने बताएको थियो। तर परीक्षणको दायरा घटदै जान थालेको छ । विदेशबाट आएका ब्यक्तिहरुको २० प्रतिशत पनि नुमना परीक्षण हुन सकेको छैन।


























