चितवन, बैशाख ४ । कोरोना भाइरस ‘कोभिड १९’ महामारीका कारण बिहीबार दिउँसो पौने १ बजेसम्म २० लाख ८४ हजारभन्दा बढी मानिसहरु संक्रमित बनेका छन्।
हालसम्म २० लाख ८४ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ। यस भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ।
दैनिक कोरोना संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हालसम्म उपचारपछि ५ लाख १५ हजार २ सय ४३ स्वस्थ बनेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। त्यहाँ ६ लाख ४४ हजार ३४८ संक्रमित छन् भने २८ हजार ५४४ को मृत्यु भइसकेको छ।
स्पेनमा १ लाख ८० हजार संक्रमित छन्भने इटलीमा १ लाख ६५ हजार संक्रमित छन्।
Facebook Comments


























