चितवन, वैशाख ३ । चितवनका एक व्यक्तिमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ।
पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा आज ३९ जनाको र्यापिड टेष्ट गर्दा एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिए।
थप परीक्षणका लागि ती युवाको थ्रोट स्वाब संकलन गरी भरतपुर ल्याइएको उनले जानकारी दिए।उक्त व्यक्तिमा आरडीटी परिक्षणमा कोरोना देखिए पनि स्वाब परिक्षणको नतिजा आए पछि मात्र कोरोना भए नभएको पुष्टि हुने बताउछन् ।
ती पुरुष फागुन ३० गते कोरियाबाट आएका हुन्।
उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताईएको छ ।
स्वाब परिक्षणको रिपोर्ट आज साँझ सम्ममा आईपुग्ने अस्पतालले बताएको छ भने गुञ्जमान सिंह अस्पतालमा क्षेत्रमा उच्च सतर्कता अपनाईएको छ ।



























