चितवन, बैशाख ३ । निउरो टिप्ने क्रममा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्। घाइते हुनेमा कालिका नगरपालिका १ का सागर थापा मगर र सोही ठाउंँकी सानु थापा मगर छन्।
उनीहरूलाई बिहान सवा ११ बजे निउरो टिप्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा बाघले आक्रमण गरेको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले बताए ।
उनका अनुसार दुवैलाई अस्पताल लगिएको छ ।
Facebook Comments


























