काठमाडौं, बैशाख २ । काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ। यसअघि सोमबार र्यापिड टेस्टमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल लगिएको थियो।
सोमबार उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो। अहिले सनसिटी पूर्णरुपमा लकडाउन गरिएको छ।
उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पनि कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार त्यहाँ रहेकामध्ये एकजनाको रिपोर्ट आउन बाँकी छ। बेलायतबाट आएकामध्ये ८१ वर्षीय वृद्ध, ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी भएको बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार ५६ वर्षीय बुहारीको फेरि पनि टेष्ट गरिँदैछ । बाँकी दुईजनालाई कोरोना पुष्टि भएको छ ।
Facebook Comments


























