बैशाख २ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ। खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताए। तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उनले बताएका हुन्।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलो पटक फेला परेको कोभिड–१९ का कारण करिब १ लाख २० हजारको मृत्यु भएको छ भने। करिब २० लाख मानिस संक्रमित छन्।
सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमण अमेरिकामा हुँदा उत्पत्तिस्थल चीनले भने कोरानामाथि नियन्त्रण गरिएको जनाएको छ। एजेन्सी
Facebook Comments


























