बागलुङ, चैत्र ३० । बागलुङमा थप एक महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। बागलुङको काठेखोला गाउँपालिकाकी एक ६५ बर्षीय महिलामा द्रुत परीक्षण गरिएकोमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार कोरोना पोजेटिभ देखिएकी ती महिलाको पुनः स्वाब संकलन गरी पोखरा पठाउने तयारी गरिएको छ। उक्त महिला केहि हप्ता अघि भारतको तीर्थयात्रागरी नेपाल फर्किएकी थिइन्। अहिले उनलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको जनाइएको छ।
Facebook Comments


























