चितवन, चैत्र २५ । सोमबार परीक्षण गरिएको नमुनामा कोरोना नभेटिएको कोरोना प्रयोगशालाले जनाएको छ।
भरतपुर कोरोना विशेष अस्पतालसहित चितवन जिल्लाका विभिन्न अस्पतालबाट गरी २१ वटा नमुना संकलन भएको थियो। सोमबार दिउँसोबाट परीक्षण थालिएका सबैको नतिजामा कोरोना नभेटिएको प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए।
आज (मंगलबार) को लागि भने नमुना आइनसकेको उनले बताए। ‘कोरोना अस्पतालबाट नमुना आइसकेको छैन, आएपछि हामी फेरि परीक्षण थाल्छौँ,’ उनले भने। दुईदिन लगाएर स्थापना गरिएको प्रयोगशालाबाट सोमबारदेखि परीक्षण थालिएको हो।
Facebook Comments


























