चितवन, चैत्र २४ । चितवनमा एक पुरुषको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२, पटिहानी, बोटेटोल बस्ने ३९ वर्षका पूर्णबहादुर कुमाल रहेका छन्।
घर नजिकैको बेलसहर सामुदायिक वनमा सोमबार निउरो टिप्न जाने क्रममा गैडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज, बटुक दल गणका प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुमालको घटनास्थलमै मृत्यु भएको र हाल मुचुल्का उठाउने काम भइरहेको छ।
उक्त सामुदायिक वन निकुञ्जको नजिकै पर्छ। अधिकांश बोटे, थारु समुदाय यो समयमा निउरो टिप्न वन जाने गर्छन्।
Facebook Comments


























