चितवन, चैत्र २४ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर परिसरमा स्थापना गरिएको कोभिड-१९ को प्रयोगशालमा आएको छ।
प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुरूआत गरेकी छन्।
भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याइएको प्रयोगशालामा विशेषज्ञ र प्राविधिकसमेत २० जना खटिएका छन्। प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार अहिले एक सिफ्टमा ९० वटा नमूना परीक्षण गर्न सकिने छ।
क्षमता विस्तार गरेर एकै दिनमा ९०० सम्म नमूना परीक्षण गर्न सक्ने गरी पूर्वाधार बनाइएको शर्माले बताए। रासस
Facebook Comments


























