काठमाडौं, चैत्र २३ । हाम्रो देशमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? यसलाई कसरी विश्लेषण गर्ने ? अवश्य पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकको सहारा लिनुपर्छ।
संसारमा कोरोना संक्रमणको फैलावट र नियन्त्रणका अभ्यासबाट सिक्ने हो भने परीक्षणको दायरा फराकिलो बनाउँदा कोरोना संक्रमणको फैलावट रोक्न बढी सफलता पाउन सकिन्छ।
हाम्रो जनघनत्वको अनुपातमा हेर्दा हामीले १० लाखमा १५ हजारको नमूना परीक्षण सक्नुपर्ने हो। यो कामबिना हाम्रो प्रयासहरु आँखामा पट्टी बाँधेर हिंडेजस्तै हो। नेपालमा अहिलेसम्म १५२१ वटा परीक्षण गरिएको छ जसमा १५१२ मा संक्रमण देखिएको छैन। ६९ जना अहिले आइसोलेसनमा राखिएका छन् भने ९ जनामा संक्रमण देखिए पनि एकजना निको भएर घर गइसकेका छन्। यो परीक्षणको दर एकदमै न्यून हो।
परीक्षण नगरे रोगै देखिन्न, कम परीक्षण गरे कम देखिन्छ र बढी परीक्षण गरे बढी मानिसमा संक्रमण भेटिन्छ र उनीहरुलाई तत्काल आइसोलेसनमा राख्दा फैलने दरमा नियन्त्रण गर्न सकिने सफल अभ्यासमा चीन र दक्षिण कोरियामा भएको पाइन्छ।
संसार: सबैभन्दा धेरै परीक्षण अमेरिकामा
देश | जम्मा परीक्षण | प्रति १० लाख |
अमेरिका | १३,५६,०८५ | ४,०९७ |
स्पेन | ३,५५,००० | ७,५९३ |
इटली | ६,१९,८४९ | १०,२५२ |
जर्मनी | ९,१८,४६० | १०,९६२ |
फ्रान्स | २,२४,२५४ | ३,४३६ |
एसिया: दक्षिण कोरियामा सबैभन्दा बढी परीक्षण
देश | जम्मा परीक्षण | प्रति १० लाख |
द. कोरिया | ४,५५,०३२ | ८,८७५ |
ईरान | ८०,००० | ८,८७५ |
भारत | ७५,००० | ६६ |
पाकिस्तान | ३०,३०८ | १३७ |
इंडोनेशिया | ७,१९३ | २६ |